अबैध लागु औषधसहित दुई जना पक्राउ

साझेदारी दैनिक
235 पाठक संख्या

कलैया : प्रहरीले सर्लाहीको ईश्वरपुर नगरपालिका ९ खोरिया टोलबाट अबैध लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाहीको चक्रघाटृा गाउँपालिका वडा नम्बर ६ बस्ने २५ वर्षीय पप्पु साह र २८ वर्षीय रामदियाल महरा रहेको मधेश प्रदेश प्रहरी गण धनुषाका प्रवक्ता एवम् सूचना अधिकारी बरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोईरालाले जानकारी दिएका छन्।

उनीहरुको साथबाट डाईकलोफेनक सोडियम,डाईकलोमाईन हाईड्रोक्लोराईड,क्यापशुल ३० पत्ता,हाईड्रोक्लोराईड सिरप एक सय एम.एलको दुई बोतल बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाही र ईलाका प्रहरी कार्यालय केशरगञ्जबाट खटिृएको संयुक्त प्रहरी टोलीले चेकिङ्ग गर्ने क्रममा ब्रहम्पुरीबाट बयलबास तर्फ आउदै गरेको बा ९२ प ४८५ नम्बरको मोटरसाईकललाई जाँच गर्ने क्रममा उनीहरुलाई लागु औषध सहित पक्राउ गरेको हो।

पक्राउ परेका दुबै जना माथि आवशयक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Leave a review

This will close in 0 seconds