पचरौता : नूर आलम बादशाह/ नयाँ प्रमुख प्रशासकीय अधिकृत बसन्त जोशीलाई पचरौता नगरपालिकाले स्वागत गरेको छ।
नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच बुधबार उनको स्वागत भएको हो। नगर प्रमुख जलन्धर सिंह,वडा अध्यक्षहरू बनारसी मुखिया बिन,मकबूल मियाँ अंसारी,पालिका प्रवक्ता तथा वडा अध्यक्ष लक्ष्मी यादव,शिक्षा सहायक मुकेश कुमार सिंह,प्रशासन शाखा प्रमुख गौरी साह र कर्मचारीहरूले जोशीलाई भव्य स्वागत गरेका हुन्।
प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र परियारको सरुवा भएपछि उनको ठाउँमा यसअघि शिक्षा अधिकृत रहेका जोशीले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका हुन्।
जोशीको स्वागतमा आयोजित कार्यक्रममा नगर प्रमुख सिंहले पचरौतालाई राम्रो बनाउन उनको भूमिका महत्वपूर्ण हुने बताए।
प्रमुख प्रशासकीय अधिकृतको महत्वपूर्ण भूमिका हुने बताउदै प्रमुख प्रशासकीय अधिकृत इन्साफको कक्षमा बसेको जनाए।
उनले सबैलाई मिलाएर सबैसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने विश्वास व्यक्त गरे ।
त्यसक्रममा प्रमुख प्रशासकीय अधिकृत जोशीले नीति नियम र कानुन अनुरुप काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सबैसँग समन्वय र हातेमालो गरेर काम गर्ने स्पष्ट पारे।

