सुनको मूल्य घट्यो

रासस
370 पाठक संख्या

काठमाडौँ : सुनको मूल्य तोलामा रू एक हजार घटेको छ ।

बिहीबार प्रतितोला रू एक लाख ९० हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज रू एक लाख ८९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै,आज चाँदीको मूल्य प्रतितोला रू दुई हजार कायम भएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार तीन सय २५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

Leave a review

This will close in 0 seconds