एक दर्जन निजी क्लिनिक तथा निजी अस्पतालको मुख्यमन्त्री द्वारा अनुगमन निरीक्षण

साझेदारी दैनिक
199 पाठक संख्या

कलैया : राजेश कुशवाहा/ मधेश प्रदेशका मुख्यमन्त्री सतिष कुमार सिंहको अगुवाईमा रहेको एक टोलीले शनिबार बाराको कलैयास्थित एक दर्जन निजी क्लिनिक तथा निजी अस्पतालहरुको स्थलगत अनुगमन निरीक्षण गरेको छ।

मुख्यमन्त्री सिंहले कलैयाको योगशीला हस्पिटल प्रालि,कलैया सब मेट्रोसिटी हस्पिटल प्रालि,कलैया हस्पिटल प्रालि,समाज प्रसुति तथा जेनेरल अस्पताल प्रालि,राजलक्ष्मी रिलिफ हस्पिटल प्रालि, रारा हस्पिटल प्रालि,राजकुमारी पोलि क्लिनिक,न्यु जिवन ज्योति डेन्टल क्लिनिक,राम हेल्थ क्लिनिक,कृष्णा डेन्टल क्लिनिक,स्टार डेन्टल क्लिनिक र आर्शिवाद अस्पतालको स्थलगत अनुगमन निरिक्षण गरेका हुन्।

मुख्यमन्त्री सिंहले मापदण्ड बिपरित रहेका अस्पताल तथा हरुलाई क्लिनिकहरुलाई बन्द गर्न निर्देशन दिएका छन्।

अनुगमनको क्रममा स्थानीय तहको अनुमति लिएर १५ शैयाको अस्पताल सञ्चालन गरेको पाईएको मधेस प्रदेश स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष कुमार ठाकुरले जानकारी दिएका छन ।

Leave a review

This will close in 0 seconds