पाण्डेयको चौथो पुण्य तिथीमा सामग्री बितरण

साझेदारी दैनिक
448 पाठक संख्या

कलैया : बाराका प्रख्यात अग्रेजी शिक्षक स्व. कृष्णकान्त पाण्डेयको चौथो पुण्य तिथीको अवसरमा बुधबार अमृता अनाथालय कलैयामा खद्यान सामग्री बितरण गरिएको छ।

स्व शिक्षकका छोरा डा. शिवेश पाण्डेय,डा. शैलेश पाण्डेले कलैया स्थित अमृता अनाथालय लाई खाद्यान्न सामग्री बितरण गरेका हुन।

उनीहरुले अनाथलयकी सञ्चालिका फूलमति बस्नेत लाई दाल,चामल,खानेतेल,नुन,साबुन,फलफुल लगायतका सामग्री हस्तारण गरेका हुन ।

उक्त अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान,बाराका अध्यक्ष रमेश सुवेदी,पुर्व उपाध्यक्ष राकेश पाण्डेय लगायतको बिशेष उपस्थिती रहेको थियो ।

Leave a review

This will close in 0 seconds