कोल्हवी : बाराको कोल्हवीमा बाघ संरक्षण सम्बन्धी घुम्ती अभिमुखिकरण शिबिर शुक्रबार सम्पन्न भएको छ ।
डिभिजन वन कार्यालय बाराको आयोजनामा सम्पन्न उक्त शिबिरमा बाघको परिचय,मानिसमाथि बाघले आक्रमण गर्नुका कारण,बाघको महत्व,बाघ र मानिसबीच हुने द्वन्द्वका कारण तथा बाघका विशेषता सम्बन्धी विषयमा जानकारी प्रदान गरिएको थियो ।
कार्यक्रमको उद्देश्य समुदायमा बाघप्रति सकारात्मक सोच विकास गर्नु र मानव र बाघ बिच हुने द्वन्द्व न्यूनीकरण गर्न जनचेतना फैलाउनु रहेको थियो। शिबिरमा सहभागीहरूलाई बाघ संरक्षणको आवश्यकताको बारेमा सचेत गराउँदै वातावरणीय सन्तुलनमा बाघको भूमिकाको विषयमा समेत जानकारी दिइएको थियो ।
डिभिजन वन कार्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै स्थानीय स्तरमा जनचेतना अभिबृद्धि गर्ने लक्ष्य लिएको छ । स्थानीयले बाघप्रती आफुलाई लागेको जिज्ञासा राखेको बन तथा बन्यजन्तु संरक्षणको बिषयमा कलम चलाईरहेका पत्रकार उपेन्द्र ठाकुरले जानकारी दिएका थिए ।


