कलैया । बारा प्रहरीले करोडौंको सामान सहित एक ट्रकलाई राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा मंगलबार बुझाएको छ।
ईलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट प्रहरी बरिष्ट नायब निरीक्षक धनप्रसाद श्रेष्ठको कमाण्डमा खटिएको चेकिङ टोलिले सो ट्रकलाई नियन्त्रणमा लिएको थियो।
बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. २१ अमलेखगंज स्थित कार्यालय अगाडी चेक प्वाईन्टमा सो ट्रकलाई प्रहरीले जाँच गरेको हो।
वीरगंजबाट काठमाण्डौँ तर्फ जादै गरेको ना ८ ख ७२४२ नम्बरको ट्रकलाई रोकी जाँच गर्दा बिल बिजक भन्दा फरक र भन्सार नभएका अबैध भन्सार छलीका एक करोड २५ लाख २४ हजार १० रूपैयाँ बराबरको कस्मेटिक,कोकोनट,आल्मोन (बदाम),कपडा,सर्जिकल सामानहरु तथा ईलेक्ट्रिक सामान, मोबाईलका पाटपुर्जा तथा औषधी जन्य सामानहरू सहित सो ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ।

