कलैया : रक्तदान गरौं, जीवन बचाऔं, भन्ने मूल नाराका साथ ब्रहमाकुमारी राजयोग सेवा केन्द्र कलैया र ब्रहमाकुमारीज समाज सेवा प्रभागको आयोजनामा सो रक्तदान कार्यक्रम भएको छ।
बाराको कलैयास्थित ओम शान्ति आश्रममा शनिबार बिशाल रक्तदान अभियान कार्यक्रम सम्पन्न भएको छ। रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेका थिए।
उक्त रक्तदान कार्यक्रमको उद्घाटन एक कार्यक्रमका बीच कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहले गरेका हुन्। ब्रहमाकुमारी राजयोग सेवा केन्द्र कलैयाकी सञ्चालिका मिना दिदीको अध्यक्षतामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।
उक्त अवसरमा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह, कलैया उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मोहनबहादुर क्षेत्री, शिक्षक युनियन बाराका पूर्व अध्यक्ष देवेन्द्र गिरी, शिक्षक राजकिशोर सहनी लगायतको सहभागिता रहेको थियो।
उद्घाटन समारोहमा सञ्चालन शुषमा बहनको रहेको थियो। विश्व बन्धुत्व दिवस राजयोगिनी दादी प्रकाशमणि को १८ औ पुण्यतिथिमा उक्त रक्तदान अभियानको आयोजना गरिएको हो। रक्तदाताहरुलाई कलैया उपमहानगरका नगर प्रमुख विनोदप्रसाद साहले प्रमाणपत्र वितरण गरेका छन्।

