कलैया उपमहानगरले दियो दुई दिन विद्यालयमा शोक बिदा

साझेदारी दैनिक
236 पाठक संख्या

कलैया। जेनजी युवाले सोमबार गरेको देशभर प्रदर्शन क्रममा प्रहरीको गोली लागेर विद्यार्थीको मृत्यु भएपछि कलैया उपमहानगरपालिकाले दुई दिन विद्यालयमा शोक बिदा दिएको छ ।

उपमहानगरपालिकाले गहिरो दुःख व्यक्त गर्दै आज भदौ २४ र २५ गते सम्पूर्ण विद्यालयमा शोक बिदा दिने निर्णय गरेको हो।

उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख राजिव कुमार यादवले एक सूचना जारी गर्दै उपमहानगरका सामुदायिक तथा संस्थागत विद्यालय लगायत सम्पुर्ण शैक्षिक संस्थाहरुमा दुई दिनका लागि बिदा दिने निर्णय भएको बताएका छन ।

Leave a review