सर्लाहीमा सम्भावित बाढी जोखिम : प्रहरी नायब निरीक्षक यादव नेतृत्वको टोली तयारी अवस्थामा

साझेदारी दैनिक
346 पाठक संख्या

सर्लाही । सम्भावित बाढी तथा वर्षाको संकटलाई दृष्टिगत गर्दै सर्लाही जिल्लाको बागमती नगरपालिकास्थित इलाका प्रहरी कार्यालय कर्मैयाका प्रहरी नायब निरीक्षक सुभाष यादव नेतृत्वको टिम तयार अवस्थामा रहेको छ।

स्थानीय जनताको सेवा तथा सुरक्षामा सक्रिय रूपमा सेवा दिदै आएका यादव नेतृत्वको टोलिले बागमती नदी आसपासको क्षेत्रमा सामाजिक शान्ति, सुरक्षा व्यवस्थापन, विपद् पूर्व तयारी तथा आपतकालीन उद्धार योजनालाई ध्यानमा राखेको छ।

प्रहरीले स्थानीय सरोकारवाला निकायहरूसँग समन्वय गर्दै आएको सो टोली स्थानीय बासिन्दाको सुरक्षाका लागि सजग रहेको छ। बागमती नदी आसपास बाढीको सम्भावना हुन सक्ने भएकाले आवश्यक सुरक्षात्मक उपायहरू तयारी अवस्थामा राखिएको यादवले जानकारी दिएका छन्।

बाढीपूर्व सतर्कता कार्यक्रम, स्थानिय विद्यालय र सामुदायिक समूहहरूसँग आपतकालीन जानकारी मूलक छलफल तथा तालिम सो टोलीले हालै सञ्चालन गरेको थियो। बागमती क्षेत्रको शान्ति, सुरक्षा तथा सामाजिक उत्तरदायित्वप्रति नेपाल प्रहरीको क्रियाशीलता उदाहरणीय रहेको छ।

वर्षाको पानी बढदै गएपछि बागमती खोलाको ३६ वटा ढोका खुलेको छ भने ८ हजार क्षमता रहेको छ । सतर्क रहन घरबाट बहिर ननिकल्न सर्वसाधारणसंग आग्रह गरिएको छ। स्थानीय तहसंग समन्वय गरी उद्दार गर्नको लागि प्रहरी टोलि तैयारी अवस्थामा रहेको प्रहरी नायब निरीक्षक यादवले जानकारी दिए ।

Leave a review

This will close in 0 seconds