थारु समुदायद्वारा समा चकेवामा सांस्कृतिक प्रदर्शन

साझेदारी दैनिक
300 पाठक संख्या

कलैया : समा चकेवा पर्वको अवसरमा बाराको कलैयामा विहीबार थारु समुदायले सांस्कृतिक झाँकीसहित भव्य -याली निकाल्दै परम्परागत उत्सव मनाएका छन्।

थारु समाज कलैयाको आयोजनामा तथा समा चकेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयोजनमा बिहीबार कलैयास्थित थारु समाजबाट निस्किएको -याली नगर परिक्रमा गरेको थियो।

“थारु संस्कृति बचाउ, आ–अपन पहिचान बनाउ” भन्ने मूल नारासहितको सो -यालीमा परम्परागत भेषभूषा धारण गरी आकर्षक समा चकेवा झाँकी प्रदर्शन गरेका थिए। समा चकेवा पर्व तराई–मधेश क्षेत्रमा भाईबहिनीबीचको माया–प्रेमको प्रतीकका रूपमा मनाइने सांस्कृतिक पर्व रहेको थारु समाजका प्रविन चौधरीले बताएका छन् ।

उनका अनुसार सहभागीहरूले माटोबाट तयार गरिएका सुन्दर जनावर, चराचुरुङ्गी र मानव आकृतिहरू लिएर नगर परिक्रमा गरेका थिए।

शमा चकवा पर्वको उत्सव अन्तर्गत (शुक्रबार) पूजा–पाठ र साँस्कृतिक कार्यक्रम आयोजना गरिने छ भने शनिबार बिहानै नजिकको खोला वा पोखरीमा समा चकेवा विसर्जन गरिने थारु समाजका अगुवा लक्ष्मीप्रसाद चौधरीले जानकारी दिए ।

Leave a review

This will close in 0 seconds