नयाँवस्ती लौतन सडक कालोपत्रे गर्न प्रदेश सांसद कलवारले गरे शिलन्यास

साझेदारी दैनिक
215 पाठक संख्या

करैयामाई : बाराको नयाँवस्ती वरियारपुर सडकखण्ड अन्तर्गत नयाँवस्ती लौतन सडक कालोपत्रे गर्न शुक्रवार प्रदेश सांसद सारदाशंकर कलवारले शिलन्यास गरेका छन । करैयामाई गाउँपालिका वडा नम्बर १ मधुवनमा आयोजित कार्यक्रममा बारा निर्वाचन क्षेत्र नम्बर २(क) का प्रदेश सभा सदस्य कलवारले शिलन्यास गरेका हुन ।

शिलन्यास कार्यक्रममा करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भु प्रसाद यादव, कोल्हवी नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष अनुप सुवेदी, सानाकिसान कृषि सहकारी संस्था हरैयाका अध्यक्ष रामलखन चौधरी, कोल्हवी ८ का समाजसेवी बद्री नेपाल, संचारकर्मी सन्तोष पाण्डे लगायतकाले सम्बोधन गर्नुभएको थियो। करैयामाई गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष सोनालाल साहको अध्यक्षतामा सम्पन्न उक्त शिलन्यास कार्यक्रमको संचालन सुरेश चौधरीले संचालन गरेका छन ।

प्रदेश सांसद कलवारको विशेष पहलमा मधेस प्रदेश सरकार भौतिक पुर्वाधार मन्त्रालय मार्फत “एक निर्वाृचन क्षेत्र एक सडक कार्यक्रम” अन्तरगत बरियारपुर –गंजभवानीपुर मधुवन हुदै नयाँवस्ती जोड्ने सडकको करिब ५ किलो मिटर सडक कालोपत्रे गरिने कार्यक्रम रहेको करैयामाई गाँपालिका अध्यक्ष शम्भु प्रसाद यादवले बताएका छन ।

Leave a review