लालबकैया खोलामा हराएका दुई बालबालिकाको शव फेला, एकको खोजी जारी

रासस
31 पाठक संख्या

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने क्रममा मङ्गलबार दिउँसो डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये एक बालक र एक बालिकाको शव फेलापरेको छ ।

स्थानीय १० वर्षीय बालक मोहमद रहमतुल्लाह र सोही उमेरकी बालिका सवनम खातुनको शव आज बिहान फेलापरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षिक वसन्त गौतमले जानकारी दिनुभयो ।

घटनास्थलभन्दा करिब पाँच किमी दक्षिण परोहा नपा वडा नं २ जिङ्गडवास्थित लालबकैया खोला किनारमा करिब २०० मिटरको दूरीमा शव फेलापरेको रौतहट जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कानुनी प्रक्रिया पूरा गरी ‘पोष्टमार्टम’ गर्नका लागि प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक प्रमोद खड्का नेतृत्वको टोली घटनास्थलपतर्फ खटिएको रौतहट जिल्ला प्रहरी प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

Leave a review