ब्रहमाकुमारी राजयोग सेवा केन्द्र कलैयाले सुखद एवम् आनन्दमय जिवनको लागी सकारात्मक विचार प्रशिक्षण शनिवारदेखी कार्यक्रम सुरु भएको छ ।
ब्रहमाकुमारीज युवा प्रभाग वीरगंज क्षेत्र कलैयाले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा ४ दिने सुखद एवम् आनन्दमय जिवनको लागी सकारात्मक विचार प्रशिक्षण कार्यक्रम शुरु गरेको हो । उक्त प्रशिक्षण कार्यक्रम ब्रहमाकुमारी राजयोग सेवा केन्द्र कलैयाको सभा हलमा शनिबार देखी सुरु गरिएको हो ।
आत्मा शान्ति,व्यायाम,सकारात्मक सोच नै मानिसलाई खुसी बनाउने औषधी रहेको प्रशिक्षक रमण भट्टराईले बताए । भौतिक सुख शान्ति पाउन मान्छे बाहिर आन्नद,शान्ति खोज्न भौतारी रहेको उनले बताए ।
कार्यक्रममा ब्रहमाकुमारी राजयोग सेवा केन्द्रका सुषमा बहन,गंगा बहन,नागरिक उन्मुक्ति पार्टी,मधेस प्रदेशका अध्यक्ष रामचन्द्र चौधरी,पवन अग्रवाल,सन्चारमर्कीहरु लगायत ३० जनाको सहभागी रहेको थियोे ।
उक्त कार्यक्रम आइतबार देखी बाल एकता सेकेन्डरी स्कुल +२ बिज्ञान तथा ब्यवस्थापन कलेज,कलैया ब्राइट लायणड स्कुल,श्री ३ चन्द्र उच्च माध्यमिक विधालय स्कुल,सिद्धि बिनायक स्कुल,मनकामना बोर्डिङ स्कुल,श्री पन्न्ना देवी उच्च माध्यमिक विधालय स्कुल,श्री गढीमाई प्राबिधिक नमुना बिद्यालय बरियारपुर लगायत कलैया उपमहानगरपालिकाको कार्यालयमा हुने राजयोग सेवा केन्द्रकी सुषमा बहनले जानकारी गराएकी छिन् ।

