समाजले पत्रकारिताको मर्म र धर्म बुझ्न आवश्यक छ – प्रदेश प्रमुख मिश्र

साझेदारी दैनिक
1.5k पाठक संख्या

लक्ष्मी खरेल/

मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकार र समाजले पत्रकारको कर्मको मर्म बुझ्न आवश्यक रहेको बताएका छन् ।

राष्ट्रमार्ग साप्ताहिक पत्रिकाले शुक्रवार ११ औं वार्षिकोत्सवका अवसरमा सिमरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

समाचारका माध्यमबाट समाज परिवर्तनमा अहोरात्र लागिपर्ने पत्रकारको सकारात्मक योगदानको सरकार र समाज दुवैले उचित कदर गर्नुपर्नेमा मिश्रले जोड दिए । परवानिपुर स्थित कृषि अनुसन्धान निर्देशनालयको सभाहलमा आयोजित वार्षिकोत्सव कार्यक्रममा मिश्र प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रमलाई मधेश प्रदेशका श्रम तथा रोजगार मन्त्रि चन्दन कुमार सिंह,मधेशी आयोग सदस्य रेणु साह,व्यवसायि इच्छा बहादुर वाग्ले,मगर संघ बाराका अध्यक्ष यम कुमार जर्घा मगर, डा.रविन्द्र कुमार सिंह,इप्रका सिमरा प्रमुख प्रदिप बहादुर क्षेत्री लगाएतकाले मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रेस सेन्टर बाराका अध्यक्ष रन्जन यादवले पत्रकारहरुका समस्या र समाजले गरेको अवमुल्यन बारे प्रकाश पारेका थिए । पत्रिकका प्रकाशक रामविनय साहको अध्यक्षता तथा वुद्धी प्रसाद पाण्डेको स्वागत मन्तव्य रहेको कार्यक्रममा पत्रकार लालबाबु सिंहलाई सम्मान गरिएको थियो ।

Leave a review

This will close in 0 seconds