डिएस्पी पाण्डे र प्रहरी निरिक्षक साहलाई कार्वाहीको माग

श्यामबाबु यादव
549 पाठक संख्या

पचरौता नगरपालिकाका नगरप्रमुख जलन्धर सिंह जैस्वारले प्रेस बिज्ञप्ति जारी गर्दै राजनीतिज्ञ,मानवअधिकारकर्मी तथा समाजसेवी भैयाराम यादब र धुव यादवलाई जिल्ला प्रहरी कार्यालय बारामा भएको गाली गलोज र निर्घात कुटपिट गरि सिकिस्त घाइते पारेको घटनाको गम्भीर ध्यानाकर्षण भएकोे जनाएका छन ।

प्रहरी नायब उपरिक्षक पुरुषोत्तम पाण्डे र प्रहरी निरिक्षक रुपेस साहले राजनीतिज्ञ,मानवअधिकारकर्मी तथा समाजसेवी यादबलाई गाली गलोज गर्दै कुटपिट गरेको अमर्यादित कार्यको घोर भत्र्सना गरेको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

जनताको सुख दुखमा दिन रात खटिने समाजसेवी तथा राजनैतिक व्यक्तित्व माथि घटाइएको गम्भिर र अमर्यादित घटनाको जिम्मेवार प्रहरी नायब उपरिक्षक पाण्डे र प्रहरी निरिक्षक साहलाई कानुनको दायरमा ल्याई कडा भन्दा कडा कानुनी कारवाहीको लागि सम्बन्धित निकायसंग जोडदार माग गरेको नगर प्रमुख जैस्वारद्धारा जारी प्रेस बिज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी भएकोे जनता समाजवादी पार्टी नेपाल (जसपा)बाराले पनि शुक्रवार एक विज्ञप्ती जारी गर्दै घटनाको भत्र्सन गरेको छ ।

राजनितीक दल तथा आम जनता माथि बारा प्रहरीद्धारा बारमबार दुव्र्यहार गरिएको र पछिलो समयमा नेपाली कांगे्रसका बारा जिल्ला सचिव भैयाराम यादव र नेकपा एकिकृत समाजवादी बारा जिल्ला उपसचिव धुव यादवमाथि गरिएको गाली गलोज र निर्घात कुटपिट घटनाको प्रति जसपा बाराको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।

जनता समाजवादी पार्टी नेपाल बाराका जिल्ला अध्यक्ष रामबाबु प्रसाद यादवद्धारा जारी बिज्ञप्तीमा घट्नाको घोर भत्र्सना गर्दै प्रहरी नायब उपरिक्षक पाण्डे र प्रहरी निरिक्षक साह माथि कार्बाहीको माग गरेको उल्लेख गरिएको छ ।

नेपाली कांग्रेस जिल्ला सचिव यादवलाई मंगलबार जिल्ला प्रहरी कार्यालय भित्रै प्रहरी नायब उपरिक्षक पाण्डे र प्रहरी निरिक्षक साह लगायतले निर्घात कुटपिट गरी घाइते बनाएर केही घण्टा नियन्त्रणमा लिइएको घटनाले यसरी विरोध प्रर्दशन भएको हो ।

Leave a review