सुरक्षाको माग गर्दै सिमरामा डाक्टरहरुको बिरोध प्रदर्शन

रञ्जन यादव
1.1k पाठक संख्या

रञ्जन यादब/

मुलुकका विभिन्न स्थानमा चिकित्समाथि भइरहेको कुटपिटको विरोध गर्दै डाक्टर लगायत स्वास्थ्यकर्मिहरुले बाराको सिमरामा प्रदर्शन गरेका छन् ।

चिकित्सकमाथि लगातार आक्रमण भएको र सुरक्षाको प्रत्याभूति नभएको भन्दै बिरोध प्रर्दशन गर्नुपरेको जीतपुरसिमरा अस्पतालका मे.सु. डा. प्रकाश साहले जानकारी दिए ।

दिनहुँजसो स्वास्थ्यकर्मी तथा चिकित्सकमाथि हातपात भइरहेकाले काम गर्ने वातावरण नभएको भन्दै सिमरा क्षेत्रका स्वास्थ्यकर्मिहरुले शुक्रबार आकस्मिक बाहेक अन्य सेवा ठप्प पारी आन्दोलित हुनुपरेको उहाँले बताउँनुभयो ।

स्वास्थ्यकर्मिहरु आन्दोलनको क्रममा १० मिनेटर सड्क पनि अवरोध गरेका थिए ।प्रदर्शनका क्रममा सिमरामा प्रहरीसँग धकेलाधकेल भएको थियो ।

प्रदर्शन गर्ने स्वास्थ्यकर्मीहरुमाथि दुर्बब्यवहार गर्दै लाठि चार्ज गर्ने धम्की प्रहरीले दिएपछि आफुहरुको मनोबल घटेको मे.सु. साहले बताए ।बिरामीको सेवा गर्ने डाक्टरमाथि नै आक्रमण हुन थालेपछि जिउज्यानको सुरक्षा माग्दै सडकमा जानुपरेको चिकित्सक बताउँछन्।कुटाइ खाने कहिलेसम्म, डाक्टर कुट्न पाइँदैन, डाक्टर कुटाई खादैँ छ ,समाज कता जाँदै छ ,स्वास्थ्यकर्मीविरुद्धको हिंसा बन्द गरलगायत नारा लेखिएका प्लेकार्ड बोकेर डाक्टहरु विरोध प्रदर्शनमा उत्रिएका हुन्।

बिरोध स्वरुप सिमरा क्षेत्रका सम्पुर्ण अस्पताल ,क्लिनक र औषधी पसलहरु बन्द थिए । लमजुङकी एक महिलाको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मङ्गलवार मृत्यु भएको थियो ।

मृतकका आफन्तले डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै डाक्टरमाथि कुटपिट गरेपछि मणिपाल अस्पताल परिसर तनावपूर्ण भएको थियो ।

Leave a review

This will close in 0 seconds