कम्प्युटर एशोसिएशन महासंघ प्रदेश अधिवेशन सम्पन्न,प्रदेश अध्यक्षमा बाराका गणेश ठाकुर सर्वसम्मत चयन

संदिप प्रसाद यादव
352 पाठक संख्या

कलैया : कम्प्युटर एशोसिएशन नेपाल महासंघ(क्यान) मधेस प्रदेशको आठौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ ।

सिराहाको बन्दिपुरमा रहेको मिर्चैयामा उक्त अधिवेशन शनिबार एक कार्यक्रम बीच सम्पन्न भएको हो ।

क्यान मधेस प्रदेशका अध्यक्ष धनन्जय महतोको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी क्यान महासंघ नेपालका केन्द्रिय नि.अध्यक्ष तथा प्रतिनिधि नवराज कुन्वर रहनु भएका थियो ।

सो अधिवेशनबाट क्यान मधेस प्रदेशका अध्यक्षमा बाराका गणेश ठाकुर सर्वसहमतमा चयन भएका छन् ।

त्यस्तै उपाध्यक्षमा सर्लाहीका नरेश दास र कोषाध्यक्षमा पर्साका प्रसान्त कुमार पनि सर्वसहमतमा चयन भएका हुन् ।

त्यसैगरी सचिवमा सन्जय कुमार ठाकुर र सह सचिव– रन्जित कुमार ठाकुर पनि चयन भएका छन् । क्यान मधेस प्रदेशका सदस्यमा सन्जय केशरी पनि सर्वसहमतमा चयन भएका हुन् ।

उक्त कार्यक्रममा क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारी,केन्द्रिय सदस्य दिपक शाह,भुपाल दास श्रेष्ठ र मधेश प्रदेशका आठ वटा जिल्ला अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Leave a review

This will close in 0 seconds