देशको अर्थतन्त्र लयमा फर्किरहेको ः अर्थमन्त्री महत

रञ्जन यादव
576 पाठक संख्या

रञ्जन यादब/

नेपाल सरकारका अर्थमन्त्री रामशरण महतले देशको अर्थतन्त्र विस्तारै लयमा फर्किरहेको दाबी गर्नुभएको छ ।

३३ औँ अन्तराष्ट्रिय अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा बाराको जीतपुरमा निर्माण भएको संजिवनी वाटिकाको बृद्धाश्रम भवन समुदघाटन तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री महत्तले कोरोना महामारी र बाह्य क्षेत्रको समस्याका कारण अर्थतन्त्रमा देखिएको समस्या विस्तारै समाधान भएको बताएका हुन् ।

अर्थतन्त्रलाई अझै चलायमान र सुदृढ बनाउन सकारात्मक सोच र प्रचारको आवश्यकता रहेको बताएका हुन् । अर्थमन्त्री डा. महतले बैङ्कहरूले ब्याजदर घटाएको, रेमिट्यान्स वृद्धि भएको र पर्यटक आगमन बढेको बताउँनुभयो ।

अर्थतन्त्रमा सुधार देखिएसँगै लगानी गर्ने वातावरण निर्माण भएको उहाँको भनाइ छ ।सरकारमाथि आन्तरिक र बाह्य ऋणको साँवाब्याज तिर्ने दायित्व बढेको पनि उहाँले बताउँनुभयो ।मधेस प्रदेशमा आर्थिक समृद्धिका लागि सुनकोसी–मरिन–कमला डाइभर्सनको काम अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।अब विस्तारै हाम्रो इकोनोमीले लय पक्रँदै छ ।

हिजो कोभिड थियो,वाह्य अरु पनि समस्याहरु थिए । विस्तारै त्यो हट्यो, लय पक्रिँदै छ । नेपालमा हाइड्रोपावर र पर्यटनको सम्भावना धेरै रहेको र त्यही क्षेत्रलाई आर्थिक उन्नतिसँग जोड्न पूर्वाधार विकासमा जोड दिनुपर्ने मन्त्री महतले बताउँनुभयो ।धेरै पर्यटकीय गन्तव्य पूर्वाधारको अभावले पहिचान हुन नसकेको उहाँलेले बताउँनुभयो ।

मन्त्री महतले सबै मिलेर काम गर्ने हो भने नेपालमा आर्थिक क्रान्ति सम्भव रहेको पनि बताउँनुभयो । नेपालमा पर्यटन, कृषि, जलविद्युत र सूचना प्रविधिको क्षेत्रमा लगानी बढने र बजारको पनि राम्रो व्यवस्था भएकाले यस क्षेत्रमा बाह्य लगानी भित्रिने समेत अर्थमन्त्री महतले दाबी गर्नुभयो । अर्थमन्त्री डा. महतले सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकता दिएर बनाउनुपर्ने बताएका छन् ।

उनले लुम्बिनी र पोखरा एयरपोर्ट भन्दा पहिला निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्नेमा प्राथमिकता यकिन गर्न नसक्दा काम सम्पन्न हुन नसकेको बताउँनुभयो । ‘फास्ट ट्रयाक भएपछि ४५ मिनेटमा काठमाडौं आउन सकिन्छ, त्यो एयरपोर्टलाई हामीले उच्च प्राथमिकता दिनु नै पर्छ । उहाँले देशमा कृषि, पर्यटन र हाइड्रोपावरले आमूल परिवर्तन ल्याउन सक्ने दावी गर्नुभयो ।

पहिलाको वर्षहरु भन्दा यस वर्ष पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको र यसबाट कमाई पनि राम्रो भएको उहाँले बताउनुभयो ।

पर्यटकको आगमनमा वृद्धि सँगै देशको अर्थतन्त्रमा पनि यसले टेवा पु¥याएको छ उहाँले भन्नुभयो,‘देशको अर्थतन्त्र उकालो लाग्ने क्रममा रहेको छ । यस सँगै कृषि आधुनिकीकरणले समेत देशको अर्थतन्त्रमा ठूलो योग्दान दिदै आएको छ ।

केही वर्ष देखि नेपालमा उत्पादित विद्युत बेचेर समेत देशले राम्रो कमाई गर्न सफल भएको छ । त्यसैले यी तिनवटै क्षेत्रलाई अझ विकसित र प्रभावकारी बनाउन हामी लागि परेका छौ । समय सापेक्ष यसको विकास गर्दै जाने हो भने यसले देशको अर्थतन्त्रमा ठूलो योग्दान पु¥याउने उहाँले बताउनुभयो ।’उखु किसानहरुको समस्या समाधान भइसकेको छ, उहाँले भन्नुभयो,‘उनीहरुले सरकारबाट पाउने अनुदान समेत कृषि मन्त्रालयमा पठाइसकिएको छ ।

तर के कुन कारणले उहाँहरुले अहिलेसम्म रकम पाउनु भएकोे छैन आफूले यसको बारेमा जानकारी लिने बताउनुभयो ।’बारामा थप भंसार संचालन गर्न गराउन अनुगमन टोली बनाइने र अनुगमन टोलीले दिएको सुझाव अनुसार बारामा मात्र होइन अरु जिल्लामा जहाँ जहाँ आवश्यकता छ थप भंसार संचालन गर्न गराउन आफूले पहल गराउने उहाँले जानकारी दिनुभयो ।

यसै गरि फास्टट्रयाक निर्माणको लागि बजेटको अभाव नरहेको तर काम सुस्त भएको कारण आम जनमानसमा दुविधा उत्पन्न भएको उहाँले बताउनुभयो । निजगढ विमान स्थल निर्माण गर्न गराउन सरकार लागि परेको र विमानस्थलको निर्माणको लागि पहल भइरहेको जानकारी दिनुभयो । विमानस्थल बन्छ उहाँले भन्नुभयो, ‘शहर बसाउने गरि नभए पनि विमानस्थलको चाहिने जग्गा मात्र लिएर विमानस्थल निर्माण गराउन तर्फ सरकार अग्रसर रहेको उहाँले जानकारी दिनुभयो ।

अर्थ मन्त्रि महतले बिकास निर्माणको बजेट भन्दा मुआब्जा दिनु पर्ने रकम बढी हुने गरेका कारण मुआब्जा बितरणमा ढिलाई गरेको बताउँनुभयो ।त्यस्तै अर्थ मन्त्रि महतले फास्ट ट्र्याकको काममा पैसाको अभाव भनेर काम ढिलो नहुने बताउँनुभयो । जीतपुरमा निर्माण भएको संजिवनी वाटिकामा बृद्धाश्रममा सय जना बृद्धबृद्धाहरु अटाउँन सक्ने क्षमता रहेको बृद्धा आश्रमका अध्यक्ष फर्मुल्लाह मंसुरले जानकारी दिनुभयो ।

समुद्घाटन कार्याक्रममा सहभागी बारा क्षेत्र न ४ का सांसद किसान श्रेष्ठ मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी,वडा न ७ का वडा अध्यक्ष सुनिल कुमार गुप्ता लगाएतले संजीवनी बाटिकाको बृद्ध आश्रमलाई आफ्नो तर्फ सहयोग गर्ने प्रतिबद्धता गर्नु भयो ।

बृद्ध आश्रम उद्घाटनकै अवसर पारेर संजीवनी बाटिकाले बारामा उल्लेखनीय योगदान गरेका दुई जना ज्येष्ठ नागरिकलाई नगद सहित दो सल्ला र कदर पत्रले सम्मनित गरेको छ । साथै बाटिकालाई सहयोग गर्ने विभिन्न दाताहरुलाई समेत सम्मान गरेको संचालक फर्मुला मन्सुरले बताए ।

उक्त समुद्घाटन कार्यक्रममा महागढिमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादव प्रजिअ नवराज सापकोटा,डिलाराम पन्थी,महासेनानी बिनोद चन्द,कर अधिकृत राजकुमार खतिवडा,प्रेम देवकोटा,प्रहरी उपरीक्षक सुरेश काफ्ले,राजेन्द्र खड्कालगायतको उपस्थिति रहेको थियो ।

Leave a review