रञ्जन यादब/
बाराको जीतपुरमा एकिकृत समाजवादी पाटीको समाजवादी जागरण अभियान तथा पाटी प्रबेश कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मेचीदेखि महाकालीसम्मका जनतालाई आफ्नो पार्टीसँग जोड्नका लागि मेची–महाकाली समाजवादी जागरण अभियानको थालनी गरिएको बताएका छन्।
अभियानले समृद्ध नेपाल, रोजगारी, भष्ट्राचार निर्मूलको सन्देश दिने उनको भनाइ थियो । उनले एकिकृत समाजवादी पार्टी ‘ कमजोर होइन बलियो हुँदै गएको बताए ।
दिन प्रतिदिन आफनो पार्टी प्रति जनताको आस्था बढ्दै जानुले ऊर्जा थपिएको जानकारी दिए । यसले गौरवमय अनुभूति भएको बताए । सबै पाटीहरुको साझा समाजवादको केन्द्र आफनो पाटीले बोकेको एजेन्डा स्थापित गरेर हुने बताए ।पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालले देशको हालको स्थिति र आगामी दिनमा पार्टीले लिने कार्यदिशा जनतालाई अवगत गराउन अभियानको सुरुवात गरिएको बताए ।
पार्टीका महासचिव घनश्याम भुसालले किसानले उत्पादन गरेको हरेक बस्तुको बिक्रीको ग्यारेन्टी गर्दा कम्तिमा पाँच बर्षमा परिवर्तनको अनुभूति गर्न सकिने दाबी गरे । भुसालले अन्य देशहरूमा यो कुरा सम्भव भएको छ ,त्यसैले नेपालले पनि अनुसरण गर्नुपर्ने बताए ।
कार्यक्रममा अन्य पार्टी त्याग गरी सयौँ जना एकिकृत समाजवादी पार्टीमा प्रबेश गरेका थिए ।


