नवराज चौलागाईं/
सिजि कप फुटबल प्रतियोगिता अन्तर्गत भएको खेलमा न्यु एकता स्कुल जितपुरसिमरा बारा र सिमरा पब्लिक इङ्लिस स्कुल जितपुरसिमरा बारा बिजयी भएको छ ।
शुक्रबारको पहिलो खेलमा न्यु एकताले लिटिल फ्लावर स्कुल परवानिपुर पर्सालाई ४–० गोल अन्तरले पराजित गरेर विजयको स्वाद चाखेको हो । न्यु एकताको जितमा केशव श्रेष्ठले ह्याट्रीक गरे ।
केशवले खेलको २५ औं मिनेट,४३ औं मिनेट र ५२ औं मिनेटमा थप २ गोल गरि सन्तोषले ह्यट्रीक पूरा गरेका थिए ।
न्यु एकताकालागी सन्तोष मगरले ४० औं मिनेटमा गोल गरेका थिए ।
न्यु एकताको जितमा उत्कृष्ट प्रदर्शन गरेका केशव श्रेष्ठ खेलको प्लेयर अफ द म्याच भए । दोस्रो खेलमा सिमरा पब्लिक इङ्लिस स्कुल जितपुर सिमरा बाराले साउथ जोन सेकेन्डरी स्कुल वीरगंजलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।
सिमरा पब्लिकको जितमा खेलको ३१ औं मिनेटमा प्रीयान्स दास थारुले गोल गरे । सिमरा पब्लिकको अग्रता दोब्बर बनाउने क्रममा ४८ औं मिनेटमा समीर रोयले गोल गरेका थिए ।
खेलको ५९ औं मिनेटमा आदित्य चौधरीले गोल गर्दै साउथ जोनलाई खेलमा फर्काउने प्रयास गरेका थिए । खेलको प्लेयर अफ द म्याच सिमरा पब्लिकका विवेक चौधरी बने । प्रतियोगिता अन्तर्गत शनिबार पहिलो खेलमा सोलिडारिटी इन्टरनेसनल स्कुल मकवानपुर र शुभतारा स्कुल जितपुर सिमरा बारा बिच प्रतिस्पर्धा हुनेछ ।
दोस्रो खेल लोटस एकेडेमी जितपुरसिमरा बारा र मोडर्न इङ्लिस स्कुल परवानिपुर बिच हुनेछ । चौधरी ग्रुपको सिजि एजुकेसनको व्यवस्थापनमा संचालित प्रतियोगिता पौष १३ गतेसम्म संचालन हुनेछ ।


