जनज्योति विद्युत उपभोक्ता समितिको वार्षिक साधारण सभा सम्पन्न

साझेदारी दैनिक
273 पाठक संख्या

धीरेन्द्र पनुहर/

जनज्योति बिद्युत उपभोक्ता समिति कोल्हबी १ खैराको १९ औं वार्षिक साधारण सभा एक कार्यक्रम बिच शुक्रबार सम्पन्न भएको छ ।

समितिका अध्यक्ष बोधराज सिग्देलको सभापतित्वमा सो साधारण सभा सम्पन्न भएको हो ।

बारा निर्वाचन क्षेत्र न १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले पानसमा बति बालेर सो सभाको उद्घाटन गरेका हुन् ।

कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथि मैनालीले सामुदायिक विद्युत संचालन रहेकोमा खÞुशी ब्यक्त गरे । उनले यसलाई अझै ब्यवस्थित गर्न सबैलाइ आग्रह गरे ।

आगामी दिनमा आफ्नो तर्फबाट यो सस्थालाई अगाड़ी बढाउनको लागी पूरा सहयोग गर्ने प्रतिबद्धता समेत मैनालीले ब्यक्त गरे ।

सामुदायिक बिधुत राष्ट्रिय महासंघ नेपालका महासचिव गोबिन्द पौडेलले हाम्रो देश नेपाललाई पुग्ने बिधुत भए पनी उचित ब्यास्थापनको कमिले गर्दा बेला बेलामा बत्ती जाने समस्या रहेको जनाए ।

कोल्हवीको हकमा जबसम्म जमुनी र बेलवा खोलाको भासमा रहेको पोललाई ब्यास्थापन गरिदैन तबसम्म कोल्हबीवासिहरुलाई बिधुतको समस्या रहिरहने उनले बताए ।

यस सस्थामा रहेर लामो समयसम्म दुःख कष्ट जेल्दै यो सस्थालाई यहा सम्म ल्याएकोमा उच्च मूल्याकन गरी आफुलाई सम्मान गरेकोमा संस्थालाई धन्यबाद दिए ।

असली सम्मानको भागिदार यो खैरा गाऊबासिहरू रहेको उनले बताए ।

सो कार्यक्रममा कोल्हवी नगर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मी जैसवाल, टीना सुबेदी संस्थाका पूर्व अध्यक्ष झंककुमारी खत्री, केवलप्रसाद चौधरी लगाएतकोले शुभकामना मन्तव्य व्यक्त गरे । कार्यक्रममा लेखा समिति प्रतिवेदन हेमकर्ण सिवाकोटी र लेखा परीक्षण प्रतिवेदन सस्थाका उपाध्यक्ष पुष्प अधिकारीले गरे ।

उक्त कार्यक्रममा कोल्हवी इलाका प्रहरी कार्यालय कोल्हबीका प्रमुख भोलामान सिंह अधिकारी उमेश पौडेल,वडा सदस्य कृष्णा थापा,महांलक्ष्मी पनुहर र सुनीता राम लगायतको उपस्तिथि रहेको थियो ।कार्यक्रममा स्वागत निर्जला आचार्यको थियो ।

कार्यक्रमको संचालन इंद्र श्रेष्ठले गरेका थिए ।

Leave a review

This will close in 0 seconds