हुण्डी कारोबारमा संलग्न रहेका मदनकुमार प्रहरीको नियन्त्रणमा

साझेदारी दैनिक
साझेदारी दैनिक 128 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेका अवैध रकम करिव रु. ३ लाख ५० हजार रुपैयाँ सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा कलैयाबाट खटिएको प्रहरी टोलीले शनिबार बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १२ सितलपुर स्थित सडक खण्डमा मदन कुमार मिश्राले मधेश प्रदेश ०३–०२५ प ७६९८ नं. को पाईसन प्रो मोटरसाईकलमा भारतबाट नेपालमा श्रोत नखुलेको रकम ओसार पसार गर्ने क्रममा उनलाई नियन्त्रणमा लिएको हो ।

उनको साथबाट लुकाई छिपाई ल्याएको विभिन्न दरको नेपाली रू. तीन लाख पचास हजार रुपैयाँ बरामद भएको छ ।

पक्राउ पर्नेमा बाराको कलैया उप महानगरपालिका वडा नं. ६ बेलापाती बस्ने भृगुनाथ मिश्रा अन्दाजी ४५ वर्षीय मदन कुमार मिश्रा रहेको प्रहरीले जनाएको छ ।

उनलाई अवैध रकम सहित पक्राउ गरी बैंक तथा वित्तिय संस्था सम्बन्धी कसुर मुद्दा दर्ता गरी बारा जिल्ला अदालत कलैयाबाट पाँच दिन म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review