अबैध प्रतिबन्धित पटाका नियन्त्रणमा

रञ्जन यादव
332 पाठक संख्या

जिल्ला प्रहरी कार्यालय बाराले अबैध प्रतिबन्धित पटाका नियन्त्रणमा लिएको छ ।

जिल्लाको बिभिन्न स्थानमा खटिएको विशेष प्रहरी टोलीले भारतबाट ल्याउदै गरेको अबैध प्रतिबन्धित ६० हजार पटाका नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पटाका नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको बाराका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

Leave a review

This will close in 0 seconds