व्यवसायिक प्रतिष्ठानलाई भवन नक्सा पास गर्न सूचना जारी

रञ्जन यादव
234 पाठक संख्या

जीतपुरसिमरा उपमहानगपालिकाले व्यवसायिक प्रतिष्ठानलाई भवन नक्सा पास गर्न सूचना जारी गरेको छ ।

उपमहानगरपालिकाले आफ्नो मातहतका २४ वटै वडामा रहेका व्यवसायिक प्रतिष्ठानलाई भवन नक्सा पास नगरेको भए ३५ दिन भित्र गरिसक्न सूचना जारी गरेको हो ।

उपमहानगरका ईन्जिनीयर अभयकान्त झाले आइतबार एक सूचना जारी गर्दै स्थानीय सरकार संचालन ऐन २०७४,को दफा (३९) बमोजिम यहाँ रहेका उद्योग,कल कारखाना तथा व्यवसायिक भवन सवैले नक्सा पास नगरे कानुन बमोजिम कारवाही गर्ने भएको छ ।

उपहानगर भित्र रहेका दजर्नौ उद्योग तथा व्यवसायिक प्रतिष्ठानले भवन नक्सा पास नै नगरी कारोवार तथा व्यवसाय सञ्चालन गरिरहेका छन् ।

Leave a review

This will close in 0 seconds