आजपाको केन्द्रीय कार्यसमितिले पायो पुर्णता,बाराका नेता लामा उपाध्यक्षमा चयन

साझेदारी दैनिक
421 पाठक संख्या

प्रभु साह नेतृत्वको आम जनता पार्टी(आजपा)को केन्द्रीय कार्यसमितिले पुर्णता पाएको छ ।

केन्द्रीय अध्यक्ष प्रभु साहले आज केन्द्रीय पदाधिकारी सहित कार्यसमितिलाई पुर्णता दिएका हुन ।

पार्टीको गत माघ १९र २० गते काठमाण्डौ स्थित च्यासलमा सम्पन्न केन्द्रीय कमिटीको बैठकको निणर्य अनुसार केन्द्रीय अध्यक्ष साहले आप्mनो नेतृत्वमा एक सय २४ सदस्यीय केन्द्रीय कमिटीलाई विस्तार गर्नुभएको सोमवार जारी विज्ञप्तीमा जनाईएको छ ।

विस्तारीत कार्यसमितिमा दुई बरिष्ठ उपाध्यक्ष,छ जना उपाध्यक्ष, एक महासचिव,छ जना उपमहासचिव र सात जना सचिव चयन गरिएको छ ।

पार्टीको वरिष्ठ उपाध्यक्षमा तिलक थापा मगर,उपेन्द्र साह चयन भएका छन भने उपाध्यक्षमा रितादेवी साह,रामपृत राम,अरुण घिसिंग,समिना हुसेन,अशोक कुमार लामा, विल्टु यादव चयन भएको पार्टीले जनाएको छ । यसैगरी एक मात्र महासचिवमा भने त्रिभुवन साह चयन भएको छन ।

नवगठीत केन्द्रीय कार्यसमितिको उपमहासचिवमा भने कुन्दन कुशवाहा,ज्ञानेन्द्र कुमार तामागँ,चन्द्रभुषण साह,सुधिर यादव,राजन यादव,सियाराम कुशवाहा चयन भएको उपाध्यक्ष अशोक कुमार लामाले जानकारी दिएका छन ।

उपाध्यक्षमा निर्वाचित लामा बारा जिल्ला जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ निवासी सकृय नेता हुन । उहाँ सशस्त्र जनयुद्धमा नेकपा माओवादीमा रही केन्द्रीय अध्यक्ष प्रभु साहसंगै रहेका सक्रिय भुमिकामा काम गरेका थिए ।

Leave a review

This will close in 0 seconds