अंग्रेजी शिक्षालाई ध्यानमा राखि देशमा खोलिएको दोस्रो हाइस्कूल श्री ३ चन्द्र उच्च माविको अहिले कायापलट गरिदैछ ।
अग्रवाल फाउण्डेसन अमेरिकाले अनुमानित १२ करोडको खर्च गरेर श्री ३ चन्द्र उच्च माविको भौतिक संरचना बनाउदै छ ।
अहिले सम्म करिब तीन करोड खर्च गरेर यहाँ संरचना निर्माण गरिएको छ । कलैया १ अवस्थित यस विद्यालयमा यहाँ अहिले निर्माण कार्य तीव्र रहेको छ ।
यसैविच अग्रवाल फाउण्डेसनका स्थापनकर्ता मध्ये एक पवन अग्रवालले यस्को अवलोकन बुधबार गरेका छन् । उनलाई विद्यालयमा उपस्थित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिओम साह सोनार,वडा अध्यक्ष मोहनबहादुर क्षेत्री विद्यालयका प्रधानाध्यापक नरेन्द्र गिरी लगायतकाले भव्य स्वागत गरेका हुन् ।
सो अवसरमा बोल्दै पवन अग्रवालले यो आप्mनो मातृभूमि रहेको बताए । ई.स.२०१४ मा यो फाउण्डेसन अमेरिकामा स्थापना भएको उनले जनाए ।
उनले स्थापनाको हिसाबले मात्र होइन् प्रगतिको हिसाबले समेत यो विद्यालयलाई देशकै दोस्रो विद्यालय बनाउन प्रयास गर्नुपर्ने जनाए ।
देश र समाजलाई अगाडी बढाउने एक मात्र माध्यम शिक्षा मात्र हो, उनले भने । सो अवसरमा कलैया उपमहानगरपालिकाका उपमहानगरप्रमुख विनोद साहले शिक्षालाई आफुले ध्यान दिएको जनाए । उनले शिक्षाको विकासको लागि फाउण्डेसनले गरेको काम सराहनीय रहेको जनाए ।
सो अवसरमा पूर्व प्रदेश सभा सदस्य पारस साहले आफुले प्रदेश सभा सदस्य हुदा पाएको आधा बजेट शिक्षामा लगाएको जनाए ।
यस्तै प्रभुनाथ पटेलले शिक्षालाई अगाडी बढाउन सबैको साथ र सहयोग आवश्यक रहेको जनाए ।
कार्यक्रममा मनिन्द्रनाथ शर्माले यो श्री ३ चन्द्र उच्च माविको लागि यो ठूलो उपलव्धी रहेको बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नरेन्द्र गिरीले स्वागत गरेका थिए भने सो कार्यक्रमको सञ्चालन किशोरीलाल रामको थियो ।

