न्याय माग गर्दै चार घण्टा बजार बन्द

साझेदारी दैनिक
397 पाठक संख्या

बाल एकता बोर्डिङ्ग स्कूलका प्रिन्सिफ रुपेश स्वर्णकारको हत्यारालाई कारवाही गर्न माग गर्दै बाराको कलैया बजार शनिबार चार घण्टा बन्द भएको छ ।

स्थानीय व्यापारीहरुले विहान आठ बजेदेखि १२ बजेसम्म पसल बन्द गरेका हुन् ।

कार्तिक १३ गते अज्ञात समूहले प्रधानाध्यापक स्वर्णकारलाई गोली प्रहार गरी हत्या गरेको थियो ।

त्यसपछि प्रहरीले अनुसन्धानको लागि मानिसहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पीडित परिवार तथा एन प्याव्सन, एवम प्याव्सन आन्दोलनमा रहेको छ ।

सही हत्यारालाई सार्वजनिक गर्न माग गर्दै संयुक्त संघर्ष समितिको व्यानर तल कलैयामा लगातार आन्दोलन भइरहेको छ ।

Leave a review