कलैया : ट्राफिक सचेतना सप्ताहको अवसरमा बाराको कलैयामा बिहीबार बिहान प्रभात फेरी गरिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय,जिल्ला प्रहरी कार्यालय बाराको संयुक्त आयोजनामा उक्त प्रभात फेरी गरिएको हो।
बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको अगुवाईमा निकालिएको प्रभातफेरीले कलैया नगरको बिभिन्न भाग परिक्रमा गरेको थियो। ट्राफिक नियमको पालना गरौ लगायतको नारा अंकित प्ले कार्ड सहित प्रभातफेरी गरिएको हो।
प्रभात फेरी कार्यक्रममा कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साह,जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक शन्तोष तामाङ्ग,जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ बाराका प्रहरी निरीक्षक दिपक केसी,कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह,बाताबरण शाखाका अनिल पाण्डेय,नेपाल प्रहरी,ट्राफिक प्रहरीहरु,बिभिन्न बिधालयका शिक्षक,बिधार्थी,संघ संस्थाका प्रतिनिधि,राजनैतिकदलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो।
प्रभातफेरी कलैयास्थित भरत चोकमा पुगेर सभामा परिणत भएको थियो । ट्राफिक सचेतना सप्ताह कार्यक्रमको उद्घाटन कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साह,बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी,प्रमुख प्रशासकीय अधिकृत नाथु साह लगायतकाले संयुक्त रुपमा गरेका थिए।
यसैगरी डिभिजन बन कार्यालय सिमरा बाराको आयोजनामा कलैयाका बिहीबार बिहान बिश्व बाताबरण दिवस मनाईएको छ ।

