अबैध माटो बोकेको पाँच वटा ट्रिपर र एक वटा टयाक्टर नियन्त्रणमा

साझेदारी दैनिक
272 पाठक संख्या

बारा प्रहरीले अबैध माटो बोकेको पाँच वटा ट्रिपर र एक वटा टयाक्टर नियन्त्रणमा लिएको छ ।

बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय जीतपुरले ति साधनलाई नियन्त्रणमा लिएको हो ।

बरिष्ठ प्रहरी नायब निरिक्षक प्रकाश खड्काको नेतृत्वमा खटिएको टोलीले जीतपुरबाट पाँच ट्रिपर माटो बोकेको ट्रिपर र एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

माटो बोकेको ट्रिपर छोडाउँन पूर्व मन्त्री देखि जनप्रतिनिधि सम्म प्रहरी र उपमहानगरपालिकामा दबाब दिई रहेको गोप्य स्रोतबाट जानकारी प्राप्त भएको छ ।

ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक प्रदिप बहादुर क्षेत्रीका अनुसार अबैध माटो बोकेको ट्रिपर पर्साबाट माटो लिएर सिमरा स्थित बिशेष आर्थिक क्षेत्र(सेज)मा बनिरहेको उद्योगकोलागि माटो लियर जाँदै थियो ।

आवश्यक कार्बाहीकोलागि जीतपुरसिमरा उपमहानगरपालिकामा बुझाउँने तयारी भईरहेको प्रहरी नायब उपरीक्षक क्षेत्रीले जानकारी दिए ।

नियन्त्रणमा लिएका गाडीहरुमा ना ७ ख ५०९८ ,प्र २ ०३०५०९२, ना ७ ख २५१५,ना ७ ख ५४६२, ना८ ख ३८४५ नम्बरको ट्रिपर र ज १ त ८८६० नम्बरको ट्रयाक्टर रहेको छ ।यता उपमहानगरपालिका स्थित राजश्व शाखा प्रमुख अधिकृत रमेश सुबेदीले जानकारी दिए ।

अबैध माटो बोकेको गाडिलाई माटो खन्याउँन लगाई जरिवाना गर्ने नियम कार्बाहीमा रहेको बताए । नियममा पहिलो चोटीकोलागि कार्बाही स्वरुप ट्रिपरलाई जनही १० हजार र ट्याक्टरलाई ५ हजार जरिवाना गर्ने नियम रहेको छ ।

ढुङ्गा,गिटी,बालुवा उत्खनन्,बिक्रि तथा ब्यवस्थापन सम्बन्धि मापदण्ड २०७७ मा निजी माछा पोखरी,पेट्रोलपम्प,आवास क्षेत्र निर्माण लगायतका कार्य गर्दा निसकने ढुङ्गा,गिटी,बालुवाको ब्यवसायीक बिक्री गर्न पाईनेछैन भनी ब्यवस्था गरेको छ ।

तर ब्यवसायीक रुपले बिक्रि गर्नुपर्ने अवस्थामा बाताबरणीय अध्ययन गराई सम्बन्धित गाउँपालिका वा नगरपालिकामा लाग्ने शुल्क वा दस्तुर बुझाई अनुमती लिएर मात्र गर्नुपर्ने ब्यवस्था गरिएको छ ।

Leave a review

This will close in 0 seconds