२० वर्षीया महिलाले जन्माइन एकैपटक तिम्ल्याहा सन्तान

साझेदारी दैनिक
341 पाठक संख्या

बारा जिल्लाकी एक महिलाले तिम्ल्याहा सन्तानलाई जन्म दिएकी छन् ।

कलैया उपमहानगरपालिका वडा नम्बर १६ मझौलिया निवासी २० बर्षिय मिन्कु देवी रामले आईतबार एकै पटक तीन सन्तानलाई जन्म दिएकी छन् ।

प्रशव पीडाले च्यापेर वीरगञ्जको विर्तास्थित श्रीराम अस्पतालमा भर्ना भएकी मिन्कु देवीको शल्यक्रिया मार्फत सन्तान जन्माएकी हुन् ।

शल्यक्रिया मार्फत जन्मेका तीनै जना शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको स्त्री रोग विशेषज्ञ डा.दिप्ती यादबले जानकारी दिइन् ।

डा. यादवका अनुसार तीन सन्तानमध्ये २ छोरा र १ छोरी रहेका छन् ।

स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.यादबले मिन्कु देवीको शल्यक्रिया मार्फत सफल रुपमा प्रसूती गराएकी हुन् ।

Leave a review