नेरामावी नगवामा साइबर अपराध सम्बन्धी प्रशिक्षण प्रदान

साझेदारी दैनिक
343 पाठक संख्या

वीरगञ्ज : वडा प्रहरी कार्यालय बिर्ताको सहयोगमा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलले साइबर अपराध सम्बन्धी सचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

वीरगञ्ज –१६ नगवामा अवस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा सो प्रशिक्षण कार्यक्रम गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईंले प्रशिक्षण दिएका हुन्।

स्कुलका कक्षा ८ र ९ मा अध्ययनरत ७६ जना बिधार्थिहरु लाई वृत्तचित्र को प्रदर्शन गरि साइबर अपराध के के हुन,त्यसले गर्दा हुने समस्या,हानि नोक्सानीहरु के कस्ता हुन्छन,त्यसको जरिवाना र सजाय हरु के कति छन र त्यसबाट कसरी जोगिन सकिन्छ भनी सामाधानहरुको बारेमा चौलागाईले प्रशिक्षण दिएका हुन्। बिद्यार्थीहरु लाई सचेत रहि सुरक्षित रहन उनले आग्रह गरेका थिए।

सामुदायिक प्रहरी कुम्हालटोलका वरिष्ठ उपाध्यक्ष सियाराम नेपालीको अध्यक्षतामा सो प्रशिक्षण कार्यक्रम भएको हो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामनारायण मिश्र,वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह,मुनलाइट स्कुलका निर्देशक श्याम केसि,सामुदायिक प्रहरी कुम्हालटोलका उपाध्यक्ष सन्जु दहाल,सहकोषाध्यक्ष प्रमोद कुशवाहा,सदस्यहरु सावित्री भुमिहार,तारा विष्ट,ज्ञानमाया रायमाझी,सुशिल श्रीवास्तव,प्रहरी हवल्दार कुमार विक,प्रज रेनु यादव,स्कुलका शिक्षक सरिता खडगीको उक्त अवसरमा उपस्थिति रहेको हो।

कार्यक्रमको सहजीकरण सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझीले गरेका थिए।

Leave a review

This will close in 0 seconds