काठमाडौँको कमलादीबाट फरार सुन तस्कर अंसारी बाराको निजगढबाट पक्राउँ

साझेदारी दैनिक
661 पाठक संख्या

रञ्जन यादब/
काठमाडौँको कमलादीबाट फरार सुन तस्कर ईल्ताफ हुसेन अंसारी बाराको निजगढबाट पक्राउँ परेका छन् । नक्कली सुन बरामद प्रकरणमा पर्सा प्रहरीले अंसारीलाई निजगढबाट पक्राउँ गरेको हो ।

अंसारी बाराको प्रष्टोका वडा नं.२ निवासी हुन् । सुनले लेपन गरेको १५ किलो ५ सय ग्राम चाँदी र ५ सय ग्राम सुन तथा दुई थान पेस्तोल सहित अन्सारीका सहयोगी र कारोबारी यसअघि पक्राउ परे पनि उनी फरार थिए ।

सुन–चाँदी र दुई थान पेस्तोल बरामद गरेको थाहा पाएपछि उनी स्कोर्पियो गाडी छाडेर अन्सारी भागेका थिए । सुन प्रकरणमा प्रहरीले भारतीय नागरिकहरू देवान पटेल, कौशल पटेल, विजय पटेल, निलेश सखिया, ट्याक्सी चालक सन्दीप गुरुङ, न्युरोडमा मोबाइल पसल सञ्चालन गर्ने उमेश श्रेष्ठ, न्युरोडकै सुन पसलमा काम गर्ने मनीष मल्लिक सहित प्रहरी जवानद्वय बहादुरसिंह कठायत र प्रसन्न श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।

घटनामा निर्दोष देखिएको जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले गुरुङलाई छाड्न निर्देशन दिएपछि उनलाई थुनामुक्त गरिएको थियो । भारतीय नागरिक सञ्जय पटेल फरार सूचीमा छन् ।

पक्राउँ परेका अंसारी जालीनोटको कारोबारीको रुपमा पनि प्रसिद्ध छन् । यता बाराबाट पक्राउ परेका अन्सारीलाई लिन महानगरी अपराध महाशाखाको टोली त्यसतर्फ प्रस्थान गरेको छ । महाशाखाकै सूचनाका आधारमा बारा प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरी निरीक्षकको नेतृत्वमा आज बिहान महाशाखाले अन्सारीलाई लिन टोली पठाएको हो ।

Leave a review

This will close in 0 seconds