नवराज चौलागाईं/
दोस्रो संस्करणको नेपाल सुपर लिग एनएसएलको लागि निजगढका जन्मेजय धामिलाई बुटवल लुम्बिनी फुटबल क्लबले अनुबन्ध गरेकोछ ।
एनएसएलको शनिबार सम्पन्न अक्सनमा मिडफिल्डर जन्मेजयलाई अनुबन्ध गर्न बुटवल लुम्बिनि एफसीले बाजि मार्यो ।
क्याटागोरी सि मा रहेका जन्मेजयलाई अनुबन्ध गर्न धनगढी,पोखरा र लुम्बिनिले प्रतिस्पर्धा गरेका थिए । ८० हजार रुपैयाँ बेस प्राइज रहेको क्याटागोरी सि को खेलाडीको अधिकतम मूल्य १ लाख ३० हजार रहेको थियो ।
अधिकतम मुल्यमा जन्मेजय लाई खरिद गर्न पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसि इच्छुक भएकाथिए । दुबै टिम अधिकतम मुल्यमा अनुबन्ध गर्न तयार भएपछी गोलाप्रथा मार्फत बुटवल लुम्बिनिले जन्मेजयलाई आफ्नो टिममा अनुबन्ध गर्न सफल भयो ।
न्युरोड टिम एनाआरटी बाट सहिद स्मारक ए डिभिजन लिग खेलेका जन्मेजय धामी निजगढ युवा क्लबका उत्पादन हुन । अन्डर १६ र अन्डर २० नेपाली राष्ट्रिय फुटबल टोलिबाट खेलिसकेका जन्मेजय पछिल्लो वर्षहरुमा व्यवसायिक फुटबलमा व्यस्त रहेकाछन ।
दोस्रो संस्करणको एनएसएल फुटबल प्रतियोगिता मंसिर ८ गतेदेखि पौष १४ गतेसम्म संचालन हुनेछ । निजगढमा संचालित ग्रासरुट फुटबल प्रशिक्षणका काराण उमेर समुहका विभिन्न खेलाडीहरुको उत्पादन भईरहेको मधेस प्रदेश फुटबल संघका सदस्य तथा बारा जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष राजकिशोर धामिले बताउनुभयो ।
निजगढका दुईवटा क्लबहरु निजगढ फुटबल क्लब र निजगढ युवा क्लबले नियमित रुपमा ग्रासरुट फुटबल प्रशिक्षण मार्फत पछिल्लो ३ वर्षमा विभिन्न उमेर समुहका राष्ट्रिय महिला र पुरुष फुटबल टोलिमा ५ जना खेलाडीहरुको प्रतिनिधित्व गराईसकेका छन ।

