भारतीय एम्बुलेन्स र त्यस्का चालक भन्सार चलान

साझेदारी दैनिक
332 पाठक संख्या

पर्सा प्रहरीले भारतीय एम्बुलेन्स र त्यस्का चालकलाई भन्सार चलान गरेको छ । उसले वीरगञ्जबाट एउटा भारतीय नम्बर प्लेटको एम्बुलेन्स र त्यसका चालकलाई नियन्त्रणमा लिएर भन्सार चलान गरेको हो ।

बिना भन्सार चलाइएको बीआर १ एपी ५२९१ नम्बरको भारतीय एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको हो ।

भारतीय बोलेरो एम्बुलेन्स गाडी भन्सार छली चोरी पैठारी गरी नेपालमा भित्राई पर्सा जिल्लाको ग्रामीण क्षेत्र तथा महानगरपालिका भित्रमा चलिरहेको भन्ने विशेष सूचनाको आधारमा गाीलाई नियन्त्रणमा लिएको छ ।

अनाधिकृत रुपमा प्रयोग गर्दै आईरहेको सूचनाको आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका १३ तराई अस्पताल अगाडि सडकखण्डबाट एम्बुलेन्स नियन्त्रणमा लिएको हो ।एम्बुलेन्स सँगै त्यस्का चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

एमबुलेन्सका चालक भारत विहार जिल्ला पुर्वी चम्पारण पलनवा ग्राम बहुअर्वा बस्ने वर्ष ३० को महमद नेजामुदिनलाई पनि नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रबक्ता कुमार बिक्रम थापाका अनुसार नियन्त्रणमा लिइएको एम्बुलेन्स र चालकलाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको छ ।

नेपालमा भारतीय एम्बुलेन्स सञ्चालन गर्न अनुमति नभएपनि लुकिछिपी भारतबाट एम्बुलेन्स ल्याएर ग्रामीण भेगमा सञ्चालन हुने गरेको छ।

प्रहरीले नियन्त्रणमा लिएको उक्त एम्बुलेन्सको स्वरुप पनि परिबर्तन गरिएको थियो ।बोलेरो गाडीमा स्कारपियोको पार्टसहरु लगाइएको पाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a review

This will close in 0 seconds