जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिका वडा नंम्बर ८ मा नवनिर्मित चार कोठे वडा कार्यालय भवनको उद्घाटन गरिएको छ ।
उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल र उपप्रमुख भोला प्रसाद अधिकारीले मंगलबार संयुक्त रूपमा सो भवनको उद्घाटन गर्नुभयो ।
उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख पौडेलले स्थानीय स्तरमा जनताको प्रत्यक्ष सरोकारका सेवा प्रदान गर्ने वडाको कामलाई अझ प्रभावकारी बनाउने बताएका छन ।
नगर उपप्रमुख भोला अधिकारीले नगरपालिकाले सम्पूर्ण वडामा सेवा प्रवाहलाई व्यवस्थित गर्न चरणबद्ध रूपमा पूर्वाधार विकास गरिरहेको जानकारी दिनुभयो।
वडाध्यक्ष शिवशंकर महतो कुशवाहाले पुरानो भवन जीर्ण अवस्थाका कारण सेवा प्रवाहमा समस्या हुने गरेको स्मरण गर्दै अबको दिनमा जनतालाई सहज सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
करिब ४५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण गरिएको हो ।

