स्व.लक्ष्मी मुिखया बिनको परिवारलाई सहयोग गर्ने प्रतिबद्धता

साझेदारी दैनिक
417 पाठक संख्या

प्रहरीको गोली लागी मृत्यु भएको सिम्रौनगढ नगरपालिका वडा नम्बर १ नामसागरा ढाट निवासी स्व.लक्ष्मी मुिखया बिनको परिवारलाई नेपाली काँग्रेस नेताहरुले सहयोग गर्ने प्रतिबद्धता गरेका गरेका छन ।

स्वा.१३ औँ पुन्य तिथीका अवसरमा विहीवार आयोजित श्रद्धाञ्जली सभा कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले सहयोग दिने प्रतिबद्धता जनाएका हुन । कार्यक्रममा नेपाली काँग्रेस मधेस प्रदेश समितिको तर्फबकाट उपसभापति चन्द्रशेखर कुमार यादवले रु १ लाख २५ हजार सहयोग गर्ने बताएका छन।

यसैगरी सोही कार्यक्रममा बारा आदर्शकोतवाल गाँउपालिकाका अध्यक्ष जवाहर प्रसाद साहले पनि आफ्नो निजी तर्फबाट नगद रु १ लाख ५ रुपैया स्व लक्ष्मी मुखया बिनको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन ।

यसअघि महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले स्व. विन परिवारलाई ५ लाख आर्थिक सहयोगको घोषणा गरिसकेका छन । उता घटना भएको पालिका जो सिम्रौनगढ नगरपालिकाको पनि बोर्ड बैठकले स्व.विन परिवारलार्य रु १० लाख रुपैया सहयोग दिने निर्णय हुने सो अवसरमा बताईएको छ ।

Leave a review