जीतपुरको पासवान समुदाय सल्हेस बाबाको मन्दिर खोज्दै

रञ्जन यादव
549 पाठक संख्या

करिब ५० बर्षदेखि पुजा गर्दै आएको जीतपुर स्थित सल्हेस बाबाको मन्दिर घेरिएर कब्जा गरेपछि स्थानीयले बिरोध जनाएका छन् ।

बीरगंज पथलैया राजमार्गसँग जोडिएको उक्त मन्दिरलाई ईट्टाको पर्खालले घेरिएको छ ।

घेरिएको पर्खाल ब्यक्तिले नहटाए कडा संघर्षको कार्यक्रम घोषणा गर्न बाध्य हुने स्थानीयले ताएका छन् । पासवान जातीले आफनो कुल देवताको रुपमा सल्हेस बाबालाई मान्ने गर्छन् ।

परापुर्व कालदेखि सार्वजनिक जग्गामा अवस्थित, त्यस क्षेत्रका पासवान जातीका मानिसहरुले आस्थाको केन्द्रका रुपमा पुजिदै आएको मन्दिर मानिसले कब्जा गर्नु सामाजिक रुपमा निन्दनीय र कानुनी रुपमा दण्डनीय कार्य भएको दलित अगुवा राजदेव पासवानले बताए ।

उनले स्थानीय सरकारले यसको संरक्षण गर्नुपर्ने धारणा राखे । सल्हेस बाबाको मन्दिर दलित बस्तीमा नै अवस्थित रहेको छ ।

सल्हेस बाबाको मन्दिर रहेको ठाउँमा आफनो हजुरबुवा हुँदै आफना छोराछोरीसम्म पुजा पाठ गर्ने गरेको अर्का दलित अगुवा चन्देश्वर पासवानले जानकारी दिए ।

उनले जसरी भएपनि मन्दिरको संरक्षण हुनुपर्ने धारणा राखे । त्यस्तै स्थानीय चरितर हजराले बर्षौँ देखि पुजा गर्दै आएको मन्दिर घेराउ गर्नु दादागिरीको जल्दोबल्दो नमुना भएको बताए ।

सन्तोष साहसँग उक्त मन्दिरको जग्गा कब्जा गरेको बारेमा सोध्दा आफूले किनेको जग्गा मात्र बाउन्डिरिङ वाल गरेको प्रतिक्रिया दिएका छन् ।

Leave a review

This will close in 0 seconds