नेरामावि सिमरामा प्रशासनिक भवनको शिलान्यास

रञ्जन यादव
265 पाठक संख्या

बाराको सिमरामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरामा प्रशासनिक भवनको शिलान्यास गरिएको छ ।

एक कार्यक्रमका बिच सूर्य नेपाल प्राली सिमरा कारखाना प्रवन्धक सुरेश काजी श्रेष्ठले ५ कोठे प्रशासनिक भवनको शिलान्यास गरेका हुन् । सो भवन एक करोड १० लाखको लागतमा निर्माण हुने भएको हो ।

जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले सूर्य नेपालले सामाजिक क्षेत्रमा दिएको योगदानको सराहना गरे । शिक्षा क्षेत्रलाई सबल बनाउँनमा महत्वपूर्ण भूमिका खेल्न उनले सूर्य नेपालसंग अनुरोध गरे ।

सूर्य नेपाललाई उपमहानगरपालिकाको शिक्षा भौतिक पूर्वाधार बाहेक पनि शिक्षाको गुणस्तर बृद्धि गर्न तर्फ सहकार्य गर्नतर्फ ध्यानाकर्षण गरे ।

शिलान्यास कार्यक्रममा बोल्दै सूर्य नेपालका सिमरा करखाना प्रबन्धक सुरेश काजी श्रेष्ठले सूर्य नेपालले आफ्नो सुरुवातको दिनदेखी समाजमा केही राम्रा काम गर्नु पर्छ भावनाले अभिप्रेरित भएको संस्था रहेको बताए ।

राष्ट्र र समाज सूर्य नेपालको पहिलो प्राथमिकता रहेको उनले जनाए । त्यसै अनुसार सूर्य नेपाल प्रालिले काम गर्दै आईरहेको बताए ।

उनले सूर्य नेपालले स्वास्थ्य क्षेत्रमा जीतपुरसिमरा उपमहानगरपालिका –७ जीतपुरमा बर्थिङ सेन्टर निमार्ण गरेर हस्तान्तरण गरेको जनाए ।

अहिले सिमरा कलेजमा ४० लाखको लागतमा क्यान्टीन निर्माण तथा जीतपुरसिमरा नगर अस्पतालको लागि ५ वटा हेमोडायलेसिस मेसिन समेत खरिद गरेको बताए ।

त्यसभन्दा अगाडि सूर्य नेपालले सिमरा कलेज सिमरामा ४० लाखको लागतमा चमेना गृह निर्माणको शिलान्यास गरेको थियो ।

सिमरा माध्यमिक बिधालय सिमराका अध्यक्ष गईन्यलाल बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नगर उप प्रमुख भोला प्रसाद अधिकारी,बिद्यालयका प्रधानमध्यापक शंकर आचार्य,सूर्य नेपालका स्टेट मेनेजर यज्ञबहादुर आले,नेपाली कांग्रेसका नगर सभापति छबिलाल शर्मा,वडा नं.२ का अध्यक्ष धनबहादुर श्रेष्ठ,मजदुर नेता बेनि तिमल्सिना,रामपुकार पासवान लगायतको विशेष उपस्थिति थियो ।

Leave a review