प्रणामी युवा परिषदले सिमरामा रक्तादान कार्यक्रम गर्ने

साझेदारी दैनिक
313 पाठक संख्या

श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति बाराले परिषदको स्थापना दिवसको अवसरमा वृहत्त खुला रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

युवा परिषदको ३३ औं बार्षिकउत्सव तथा ३४ औं स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यक्रम अनुसार माघ १६ गते बाराको सिमरामा वृहद खुला रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको हो । उक्त रक्तदान कार्यक्रम जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ सिमरा औराहमा रहेको श्रीकृष्ण प्रणामी मन्दिर परिषरमा संचालन गरिने युवा परिषद बाराका जिल्ला अध्यक्ष सुमन सुवेदीले जानकारी दिएका छन ।

श्रीकृष्ण प्रणामी युवा परिषद केन्द्रीय कार्यालयको सर्कुलर अनुसार देशका सवै प्रदेश,जिल्ला तथा प्रारम्भिक समितिको आयोजनामा माघ १६ गते देशभर एकसाथ रक्तदान कार्यक्रमको आयोजना हुने युवा परिषद बाराका सचिव उमेश सापकोटाले बताए ।

“रक्तदान जीवन दान ” भन्ने नाराका साथ हुने उक्त रक्तदान कार्यक्रममा सबैलाई सहभागी भै कार्यक्रम भब्य र सफल बनाईदिनुहुन युवा परिषद बाराका अध्यक्ष सुवेदीले सम्पुर्णमा आग्रह गरेका छन ।

Leave a review