निःशुल्क आँखा तथा दात शिवीरबाट एक सय बहत्तरी जना लाभान्वित

संदिप प्रसाद यादव
859 पाठक संख्या

एक दिने नि.शुल्क आँखा शिवीर बाराको बहुअरीमा शनिबार सम्पन्न भएको छ । नि.शुल्क शिवीरबाट १ सय ७२ जनाले आँखा तथा दात सम्बन्धी सेवा लिएका छन् ।

बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ५ बहुअरी टोलमा एक दिने सानो दीपको आयोजनामा र वीरगंज सामुदायिक आँखा केन्द्रको सह आयोजनामा तथा डाक्टर्स क्लबको सहयोगमा नि.शुल्क आँखा तथा दात शिवीर सम्पन्न भएको हो ।

अ लिटिल लाईटका अध्यक्ष कृष पटेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस पार्टी बारा क्षेत्र –४ ख का सभापति लोकेश सिंह रहेका थिए ।

सो शिवीरमा जाँच गराएकाहरुलाई वीरगञ्ज सामुदायिक केन्द्रको अर्थोडोन्टिक सेन्टरमा जाँदा चश्मा र दन्त उपचारमा २० प्रतिशतसम्म छुट दिने पनि सुविधा उपलब्ध गराउने वीरगञ्ज सामुदायिक केन्द्रका चिकित्सक डाक्टर प्रभात चौरसियाले बताएका छन् ।

परीक्षण गराएकहरुलाई नि.शुल्क औषधी र हाईजिङ किट ब्याग वितरण,आवश्यक परामर्श उपलब्ध गरिएको द लिटिल लाईटका अध्यक्ष कृष पटेलले बताए ।

विरामीहरुको सहज वातावरणमा आँखा तथा दात सम्बन्धीको जाँच विशेषज्ञ टोली मार्फत उपचार गराइएको थियो ।

अध्यक्ष पटेलले आउने दिनमा समेत निःशुल्क आँखा तथा दात शिवीर सञ्चालन गर्ने बताए ।

शरीरमा आँखा सबै भन्दा बढी महत्वपूर्ण अङ्ग भएकोले निःशुल्क आँखा तथा दात शिवीर सञ्चालन गरेको अध्यक्ष पटेलले बताए ।

सो निशुल्क आँखा तथा दन्त स्वास्थ्य जाँच शिवीरमा परीक्षण गराएकाहरु एकदमै खुसी भएका थिए ।

उक्त कार्यक्रममा नेपाली कांग्रेस बारा क्षेत्र –४ ख का सभापति एवम् युवा नेता लोकेश सिंह,नेपाल तरुण दलका केन्द्रिय सदस्य राजकिशोर गुप्ता,ईलाका प्रहरी कार्यालय प्रसौनीका असई मनोजकुमार मण्डल,दीपक कुमार साह,सानो दीपका महासचिव दिव्यांशु कर्ण,सचिव उज्ज्वल गुप्ता,प्रवक्ता विश्वराज थापा,उपाध्यक्ष पुष्पा दास,सदस्य अमन गुप्ता, आदित्य,दुपेश,सन्दीप,अजय,अन्शु,प्रियंका लगायतको उपस्थिति रहेको थियो ।

Leave a review