युवा परिषद्द्रारा सिमरा औराहामा रक्तादान कार्यक्रम सम्पन्न

सन्तोष पाण्डे
470 पाठक संख्या

श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति बाराले सिमरामा आज विहान वृहद रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

युवा परिषदले आफ्नो स्थापना दिवसको अवसरमा उक्त वृहत्त खुला रक्तदान कार्यक्रमको आयोजना गरेको हो । ३३ औं बार्षिकउत्सव तथा ३४ औं स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यक्रम अनुसार परिषदले आज देशभरका जिल्ला समितिले रक्तदान भएको कार्यक्रमको आयोजना गरेका छन ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ सिमरा औराहमा रहेको श्रीकृष्ण प्रणामी मन्दिर परिसरमा गरिएको कार्यक्रममा ६ जना महिला र ४४ जना पुरुष गरी ५० जनाले रक्तदान गरेको परिषद बाराका जिल्ला अध्यक्ष सुमन सुवेदीले जानकारी दिएका छन ।

कार्यक्रममा जनार्दन शास्त्री,हिमालय एभेष्ट ईन्सुरेन्स सिमराका प्रमुख श्रीराम रेग्मी लगायत सुरक्षाकर्मी,महिला तथा स्थानीय समाजसेवीहरुले रक्तदान गर्नुभएको युवा परिषद बाराका सचिव उमेश सापकोटाले बताएका छन ।

रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिहरुले सहजीकरण गर्नुभएको थियो । सो अवसमार मेहेरसागर कृपासिंधु गुरुकुलका संरक्षिका विदुषी उषा घिमिरे,जनार्दन शास्त्री, श्रीकृष्ण प्रणामी युवा परिषदका केन्द्रीय सदस्य दिपक सापकोटा लगायतको विशेष उपस्थिति रहेको थियो ।

रक्तदान कार्यक्रममा युवा परिषद् जिल्ला समितिका सहसचिव हरी सिंम्खडा,कोषाध्यक्ष रिता भट्ट,लगायत श्रीकृष्ण प्रणामी मन्दिर सिमरा औराहाका प्रास पदाधिकारीहरुको सकृय सहयोग रहेको जिल्ला अध्यक्ष सुवेदीले जनाएका छन ।

Leave a review

This will close in 0 seconds