राष्ट्रिय सभाका सदस्य ढुङ्गाना र चौधरीलाई गठबन्धनको शुभकामना

संदिप प्रसाद यादव
340 पाठक संख्या

पाँच दलीय गठबन्धनबाट नवनिर्वाचित राष्ट्रिय सभाका सदस्यलाई मंगलबारामा शुभकामना दिइएको छ । माननीय सदस्य आनन्द ढुङ्गाना र पुजा चौधरीलाई गठबन्धनद्रारा शुभकामना दिइएको हो ।

बाराको कलैयामा रहेको करण राज पार्टी प्यालेसको सभा हलमा एक कार्यक्रमका बीच संयुक्त पाँच दलिय गठबन्धन बाराको आयोजनामा शुभकामनाका साथै कार्यकालको सफलताको कामना गरिएको थियो ।

नेपाली कांग्रेस पार्टी बाराका सभापति राजेश राय यादवको अध्यक्षतामा सो कार्यक्रम भएको हो । कार्यक्रमको प्रमुख अतिथि नवनिर्वाचित राष्ट्रिय सभाका सदस्य आनन्द ढुङ्गाना र पुजा चौधरी रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित राष्ट्रिय सभाका सदस्य आनन्द ढुङ्गाना र पुजा चौधरीले बाराका सांसद,प्रदेश सभा सदस्य,नगर प्रमुख,गाउँपालिका प्रमुख,उपप्रमुख तथा सम्पुर्ण मतदातालाई धन्यवाद दिएका छन् ।

उक्त अवसरमा नेपाली कांग्रेस पार्टी बाराका सभापति यादवले नवनिर्वाचित राष्ट्रिय सभाका सदस्य आनन्द ढुङ्गाना र पुजा चौधरीलाई बधाई तथा शुभकामना दिएका थिए ।

उक्त कार्यक्रममा नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति चन्द्र शेखर यादव,पूर्व मन्त्री कलावती पासवान,जसपा पार्टी बाराका अध्यक्ष रामबाबु यादव,पूर्व प्रदेश सभा सदस्य पारस प्रसाद साह,महागढीमाई नगरपालिकाका उप प्रमुख तारा देवी, विवेकशील साझा पार्टी बाराका अध्यक्ष सुशील साह,माओवादी केन्द्र बाराका नगर अध्यक्ष मुकेश साह,बारा क्षेत्र नम्बर ४ ख का क्षेत्रीय सभापति लोकेश सिंह,पाँच दलिय गठबन्धनका नेता,सांसद,प्रदेश सभा सदस्य,नगर प्रमुख,गाउँपलिका अध्यक्षहरु लगायतको उपस्तिथि रहेको थियो ।

Leave a review

This will close in 0 seconds