अक्षरा पाठशालाले मनायो आफनो ७ औँ बार्षिकोत्सव

रञ्जन यादव
328 पाठक संख्या

बाराको सिमरा स्थित अक्षरा पाठशालाले आफनो ७ औँ बार्षिकोत्स मनाएको छ ।

बिद्यालयको प्राङ्गनमा एक कार्यक्रमको आयोजना गरी अक्षरा पाठशाले आफनो बार्षिकोत्सव मनाएको हो ।

बार्षिकोत्सवको औपचारिक कार्यक्रमको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले गर्नुभएको थियो। उनले समाजमा रहेको अन्धबिश्वासहरुलाई तोड्दै बिद्यार्थीहरुलाई ब्यवहारिक र बैज्ञानिक ज्ञान दिनुपर्नेमा जोड दिए ।

बिज्ञानलाई ग्राहयता दिएर अघि बढेका देशहरु बिश्वमा फड्को मारेको चर्चा गर्दै हामीले लिने र दिने शिक्षाहरुले बैज्ञानिक आधार भएको हुनुपर्ने धारणा ब्यक्त गरे ।

कार्यक्रममा स्वागत मनतब्य कक्षा ६ मा अध्ययनरत आरोही श्रेष्ठले गरेकी थिईन् । बिद्यालयको सर्वोत्कृष्ट बर्ष बिद्यार्थी घोषणा गरी सम्मान गरिएको थियो । बिभिन्न भेषभुषामा सजिएका बिद्यार्थीहरुले लाखे नाच,थारु नृत्य,डम्फुमा सेलो ,बिभिन्न नेपाली फिल्मका गितहरुमा नृत्य प्रस्तृत गरेका थिए ।

साना कक्षाका बिद्यार्थीहरुले रायम बाचन गरी दर्शकको मन प्रफुल्ल पारेका थिए । बिभिन्न दुखसुख गरी सानै देखि पालेका बालबच्चाहरु ठुलो भएपछि कसरी आफनो आमाबुवालाई बुढेसकालमा बृद्धाआश्रममा छोड्छन् र हाम्रो समाज आजको २१ औँ शताब्दीमा कतातीर जाँदैछ भन्ने कुरा नाटकको माध्यबाट बिद्यार्थीहरुले देखाएका थिए ।

बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष प्रेम बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा एन प्यापसनका केन्दि«य सदस्य राम प्रसाद अधिकारी,सिमरा कलेजका प्रमुख शालिकराम अधिकारी,प्यापसन जिल्ला अध्यक्ष नेत्र प्रसाद दहाल,एन प्यापसनका प्रदेश सदस्य बसन्त ढकाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन ऋषि काफ्लेले गरेका थिए ।

Leave a review