कलैयामा वैशाख १५ गतेदेखि भर्ना अभियान, २१ गतेदेखि पठनपाठन सुरु हुने

साझेदारी डेलि
181 पाठक संख्या

कलैया । बाराको कलैया उपमहानगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि विद्यालय भर्ना अभियान र शैक्षिक गतिविधिसम्बन्धी निर्देशन जारी गरेको छ।

शिक्षा शाखाका प्रमुख राजिव कुमार यादवद्वारा जारी सूचनाअनुसार वैशाख १५ गतेदेखि भर्ना अभियान सुरु हुने तथा वैशाख २१ गतेदेखि नियमित पठनपाठन सञ्चालन गरिनेछ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरको पत्रअनुसार महानगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई विभिन्न शैक्षिक तथा रचनात्मक कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेको हो।

सूचनामा शैक्षिक सत्र २०८३ का लागि कार्ययोजना निर्माण, वार्षिक कार्यतालिका तथा शैक्षणिक योजना तयारी, विद्यालय सुधार योजना निर्माण तथा अद्यावधिक, शिक्षकहरूको पेशागत क्षमता विकास कार्यहरु सञ्चालन तथा विद्यार्थीको सिकाइ उपलब्धि सुधारसम्बन्धी योजना निर्माण गर्न निर्देशन दिइएको छ।

महानगरपालिकाले सबै विद्यालयलाई निर्धारित समयमै भर्ना अभियान र पठनपाठन सुरु गरी शैक्षिक गतिविधि प्रभावकारी रूपमा सञ्चालन गर्न आग्रह गरेको छ।

Leave a review

This will close in 0 seconds