धिरेन्द्र पुनहर/
बारामा जंगली हातिको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा कोल्हवी नगरपालिका वाड न ९ अडेम्बा बिर्ता घर भएका अन्दाजी ५५ वर्षीय पारस खा थारु रहेकोे प्रहरीले जनाएको छ ।
भैंसीको पाडा किन्न टाङगिया बस्ती गएको बेला साँझ घर फर्किने क्रममा टाङिया बस्ती र सखुअवा टोलको बिचमा पर्ने जङ्गलमा हातीले आक्रमण गर्दा थारूको मृत्यु भएको थियो।
मृतक थारुको शव पोष्टमार्टमको लागी राती नै प्रादेशिक अस्पताल कलैया पठाईएको ईलाका प्रहरी कार्यलय कोल्हबिका प्रहरी निरीक्षक भोलामान सिङ अधिकारी जानकारी दिए ।

