बारा प्रहरीले आठ लाख रुपैयाँ बराबरको अवैध कपडा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन् ।
विषेश सूचनाको आधारमा प्रहरी चौकी बरियारपुर, बाराबाट खटिएको प्रहरी टोलीले बाराको महागढीमाई नगरपालिका वडा नं.२ईनर्वा चोकस्थित मुकेश प्रसाद यादवको घरमा भण्डारण गरी राखेको अवस्थामा सो कपडा बरामद गरेको हो ।
प्रहरीले बिभिन्न किसिमका अवैध कपडाहरू बरामद गरी आवश्यक कारवाहीको लागी वीरगंज भन्सार कार्यालय पर्सामा पठाईएको जानकारी दिएको छ ।


