कलैया । बारा प्रहरीले लागू औषध ट्याबलेट सहित एक जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलिले जिल्लाको सिम्रौनगढ नगरपालिका – २ स्थित रानिवास मन्दिर क्षेत्रबाट लागु औषध ट्याबलेटसहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका-२ अमृतगंज खाजनी बस्ने अन्दाजी ३५ वर्षीय किशोरी प्रसाद कुश्वाहा रहेको प्रहरीले जनाएको छ ।
उनको साथबाट ट्रामाडोल-३२ पिस,एभिल – ६ पिस ट्याबलेट र घर खान तलासी गर्दा पुर्ण एभिल – १६ पिस ट्याबलेट फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजय राज पण्डितले जानकारी दिएका छन् ।
लागु औषध ट्याबलेटसहित उनलाई नियन्त्रणमा लिईएको थप अनुसन्धान कार्य भैइरहेको प्रवक्ता पण्डितले बताए ।


