बाराको देवताल गाउँपालिकाले कर्मचारीहरुका लागी ३ महिने आई.सि.टि तालिम दिन शुरु गरेको छ ।
जिल्लाको सदरमुकाम कलैयाको भरत चौक स्थित रहेको गुप्ता भवनको माथी रहेको कलैया कम्प्युटर ईन्स्टिच्युटको आयोजनामा उक्त तालिम शुरु गरिएको हो । शनिवार एक कार्यक्रमवीच उक्त ३ महिने आईसिटी तालिमको उद्घाटन भएसंगै सुरु भएको हो ।
देवताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तवले सामाजिक शाखाका प्रमुख राजिव कुमार यादवले उक्त तालिमको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै देवताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले तालिममा कम्प्युटर सम्बन्धी ब्यासिक कोर्समा कम्प्युटर,माईक्रोसप्ट एम.एस वर्ड,एक्सल,पावरप्वाईन्ट,वेबसाईट,फोटोग्राफी,डिजाइनिङ्ग र मोबाईल एपको प्रयोग लगायतका बारेमा सिकाईने बताए । उनले कर्मचारीहरुले नयाँ नयाँ कुराहरु सिकेर आफू मोबाइल जस्तै अपडेट हुनु पर्ने बताएका छन ।
अहिले डिजिटल दुनियाँमा सबै कामहरु कम्प्युटरले हुँदै छ त्यसैले जसलाई काम गर्न आउँछ त्यो आफू अपडेट हुने र जसलाई अलि आउदैन त्यो अलि बढि सिक्ने उनले आग्रह गरे ।
उक्त आईसिटी तालिममा ३० जना कर्मचारीहरु सहभागी भएका छन् । तालिमको प्रशिक्षक दिपक कुमार यादव रहनु भएको छ ।
उद्घाटन कार्यक्रममा समाजसेवी नवलकिशोर यादव,देवताल गाउँपालिकाका इन्जिनियर औलक महम्द दर्जी,जीनियस इन्टरटेन्मेन्ट एन्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडका संचालक अन्कुश ब्याहुत, गणेश ब्याहुत,अर्जुन कलवार तथा कर्मचारीहरु लगायतको सहभागिता रहेको थियोे ।
उक्त कार्यक्रममा स्वागत समाजसेवी नवल किशोर यादवले गरेक थिए भने कार्यक्रमको संचालन जितेन्द्र प्रसाद यादवले गरेका थिए।

