औराहामा भएको निशुल्क स्वास्थ्य शिबिर,चार सय जनाले गराए स्वास्थ्य चेकजाँच

रञ्जन यादव
282 पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिकाको औराहामा शनिवार भएको निशुल्क स्वास्थ्य शिबिरमा सम्पन्न भएको छ ।

स्थानीय घण्टीमाई सहकारी संस्था लिमिटेड,औराहाको आयोजना र तराई मोर्डन हेल्थ केयर हस्पिटल,सिमराको प्राबिधिक सहयोगमा भएको शिबिरमा चार सय जनाले स्वास्थ्य चेक जाँच गराएको घण्टीमाई साकोसका सुचना अधिकारी अस्मिता शर्माले जानकारी दिईन ।

शिबिरमा तराई मोर्डन हेल्थ केयर हस्पिटलका हाडजोर्नि तथा नशा रोग बिशेषज्ञ ,स्त्रि रोग बिशेषज्ञ र जेनरल फिजिसियनले सेवा प्रदान गर्नुभएको थियो । जसमा हाडजोर्नी,नसाका बिरामी १ सय ३४ जना,जेनरलका १ सय २९ जना,गाईनोका ७२ जना,डेन्टलका २७ जना र छालाका ३८ जना बिरामी रहेको सुचना अधिकारी शर्माले बताएकी छिन ।

शिबिर समापन समारोहमा तराई मोर्डन हेल्थ केयर हस्पिटलका मे.सु. डा. रबिन्द्र कुमार सिँहको नेतृत्वमा आएको चिकित्सकहरुको टोलीलाई प्रशंसापत्रले घण्टीमाई साकोसका अध्यक्ष कोपिला सिम्खडाले सम्मान गर्नुभएको थियो ।

स्वास्थ्य शिबिरमा रोग अनुसारको औषधी निशुल्क बितरण गरिएको थियो । स्वास्थ्य शिबिरको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेलले गर्नुभएको थियो ।

नगरप्रमुख पौडेलले स्वास्थ्य शिबिरहरुलाई ब्यवस्थित र नियमन गर्नुपर्ने आवश्यक्ता औल्याउँनुभयो । उहाँले स्वास्थ्य क्षेत्रका बिज्ञ तथा चिकित्सकहरुलाई स्वास्थ्य क्षेत्रका योजना तथा सुधारका बिषयमा सल्लाह दिन अनुरोध गर्नुभयो ।

त्यस्तै घण्टीमाई साकोसका अध्यक्ष कोपिला सिम्खडाले सहकारीहरुलाई नियमन गरी उत्पादन कार्यमा जोडन सल्लाह दिनुभयो ।

Leave a review